आमा

टन्टलापुरे घाम चैत्रको महिना त्यो पनि हुरी बतासको मौसम, शहर बाट अली पल्लो कुनामा एकलाइनमा बनेका खरले छाएको झुपडीहरु अनी ति घरको धुरी बाट निस्केका धुवाहरु रेलको लीगमा कुदेका रेलझै लस्कर देखिन्थिए, आगन भरी रातो झन्डा बोकेक युवाहरुको जामत देखिन्थियो,यो द्रिश्य एउटा आँफैमा रहसयमय र अनौठौ थियो,अर्को कुनाको अली पर आईमाई केटाकेटीहरुको लहर र जमघट देखिन्थियो, खै के हुन लागेको मैले पत्तो पाएन, हुन त आन्दोलन रे सबै जानु पर्छ भनेको सुनेको थियो हिजो जस्तो तर के का लागि आन्दोलन त्यो थाहा थिएन। मैले बुझ्ने प्रयास गरेन पनि। बाहिर शहर भरी नारा जुलुस हुने लगभग निचित थियो तेसैले ठुलो समुहमा सुरक्षा फौजको तैनाथ थियो यो गाउ देखी शहर सम्म एस्तो भएको सुनेको मैले पहिलो चोटि हो तर के को लागि थाहा थिएन मलाई, म तेती बेला १४ बर्सको थिए होला,आमाले बाहिर नजान भन्नु भएको थियो,तरमा म आँफैमा बाहिर जाने कौतल्ता जागेर आयो,आमलाई नसोधी भागेर सडकमा निस्के सारा मानिस हरु रातो झन्डा बोकेर राजा बिरुद्द जुलुस लगाउदै हिंडेको थियो मलाई एकप्रकारको मेला झै लाग्यो रमाइलो लाग्यो, एक जन अधबैसे मान्छे आएर जुलुसमा सामेल हुनको लागी बोलयो म तेतिकै उनिहरुको साथमा लागेर नारा लगाउदै हिंडे, नारा थियो राजतन्त्र मुर्दाबाद, प्रजातन्त्र जिन्दाबाद एस्तै यस्तै राजा बिरोधी जुलुसले सडक तताएको थियो, मन मनै एकप्रकारको तरग र कौतहुलता उत्पन्न हुँदै थियो शायद यो मेरो जिन्दगीको राजनैतीक यात्राको पहिलो पाइला थियो,म पनि जुलुस सँगै नारा लगाउदै गये यो कुरा आमालाई पत्तो थिएन तर म भने लहलहैमा हिंडेको थियो, १ किलोमितर हिंडे पछी बल्ल थाहा भयो अगाडि पुलिस ले बन्दुक तेर्साएर बसेको छ जुलुस लाई अगाडि जानु दिएको थिएन आसु ग्यास हानेको थियो मान्छे हरु भाग भाग हुन लाग्यो, म पनि एतिकै म रेडक्रस्को बिल्डिङमा पस्ने मौका पाये सबै जन आँखा मिच्दै भागेका थिए सुरछित ठाउतिर,मेरो पनि आँखा पिरो भयो अनी पानी लिएर आँखा धुये, यता घरमा आमा मलाई खोज्दै आतिनु भएको रहेछ बाटो भरी पुलिस थियो जनता र पुलिस बिच ढुङ्गा हानहान थियो यो थियो चैत्र २२ गते २०४६ साल, एतिकै पुलिस र जनता बिच हाना हान हुँदा सँगसाझै भाईसकेको थियो अनी घाम डुब्ने bela तिर आन्दोलन बन्द भयो अनी घरतिर जाने मौका पाये अनी घर तिर लागे, आमाले धेरै गाली गर्नु भयो किन कहाँ नभनी गएको भनेर किन कि गोली पनि चलेको थियो अरुठाउमा,मैले सबै कुरा भने अनी आमलाई सोधे के को लागि जुलुस भनेर, आमाले भन्नु भयो यो प्रजातन्त्रको लागि भनेर फेरी म झन भुझ्न सकिन बुझे झै गरी टाउको हल्लाये अनी साझको समाचार सुन्न भनेर रेडियो खोले समाचारमा देश भरी भएको बिद्रोह र मान्छे मरेको खबर दिन थाल्यो, आमलाई सोधे किन एस्तो भनेर आमाले भन्नु भयो यो आन्दोलन जनताले पाउने अधिकारको लागि रे राजाको बिरुद्द रे प्रजातन्त्रको लागि रे धेरै कुर भन्नु भयो, देशभरी आन्दोलनमय भएको थियो,यस्तै देशभरी जहाँततै जनता पञ्चाएती बेबस्था बिरुद आवाज उठाएको थियो,
फेरी अर्को दिन बिहानै उठे अनी घरको कौसी बाट हेरे मान्छे हरु रातो झन्डा बोक्दै जुलिस जान भनेर रिड थिए, पुलिसले बाटो र सडक म कब्जा गरेर बसेक थिए, आमाले मलाई बाहिर नजान भनेर भन्नु भएको थियो,
to be continued

Comments

Popular posts from this blog

The shining path which I ever have dreamt since my childhood……Still It is incomplete….

विस्फोटक ज्वालामुखीमाथि दुइटा नेपाल

http://nepalscholarships.com/about