सङ्कटमा शान्ति-प्रक्रिया
सुँडेनी भारतीय संस्थापन र प्रसूतिगृह नयाँदिल्ली भए तापनि नेपालका राजनीतिकर्मीहरूको सन्तान शान्ति-प्रक्रियालाई जोगाउने सहमति बन्न कठिन नहुन सक्छ। सीके लाल को विश्लेषण नेपालको शान्ति-प्रक्रिया शुरुदेखि नै कुनै अन्तर्राष्ट्रिय अनुभवमा आधारित सैद्धान्तिक प्रारुप अनुसार चलेको थिएन। केही मिथ्या सुरुआत वा गल्ती भए पनि हुन्, तर गर्दै जाने, सिक्दै जाने गिरिजाप्रसाद कोइरालाको अठोटले गर्दा स्थानिक उत्पाद (होमग्रोन) भनिएको नेपाली शान्ति-प्रक्रिया अहिलेको स्थितिसम्म आइपुगेको हो। यस प्रक्रियाका पितामह कोइरालाको निधनपछि नै ऊबेलाको सरकार एवं माओवादीबीच सम्पन्न बृहत् शान्ति-सम्झ्ौता अनाथ हुने त होइन भन्ने शङ्का उत्पन्न हुन थालिसकेको थियो। १४ जेठभित्र संविधान नबन्ने पक्कापक्की भइसकेपछि शान्ति-प्रक्रिया जोखिममा पर्ने सम्भावना त छँदैछ, त्यसमाथि मजदुर दिवसको अवसर पारेर माओवादीहरूले गर्ने भनेको राजधानीकेन्द्रित अनिश्चितकालीन हड्तालले दिगो शान्तिको सम्भावनालाई झ्नै जटिल मोडमा पुर्याएको छ। विध्वंसक भिडन्तको डरले नेपाली समाज आक्रान्त छ। अन्तर्राष्ट्रिय शान्ति-प्रक्रियाका प्रारुपहरूको मापदण्ड अनुसार हेर्ने हो ...