म र मेरो देश
म र मेरो देश
देश आज आक्रन्त छ, बैदेशिक शक्तिहरुको चलाखेल दिनप्रतिदिन दुबो सरी बढदै छ,देशलाई हाक्छु भन्ने नेताहरु आपशी लुछचुडीमा रातदिन झैझगडमा लिप्त छन,शान्ती सुरक्षा र अमन चयनको सास पनि फेर्न नसकेको बेला आज नेपाली जनता आपसको यो झगडा, बन्द हडतालले झन राज्य बेबस्था प्रतिनै नकरात्मक प्रभाब परेको छ, समयमा सम्भिधान नबन्ने कुरा लगभग निस्छित जस्तो छ, यो काल खन्डमा अझै हाम्रा नेताहरु आपसमा मिलेर देश बनाउने भन्दा भद्रगोल बनाउने तिर अगरसर देखिन्छन, सत्ता प्राप्ती र शक्तीको खेलमा देश भातभुङ पार्ने होकी भन्ने अर्को ठुलो डर छ,नेतहरुमा यस्तै पाखन्डी र अल्प ज्ञानको कारनले गर्दा यो देश झन जिर्ण आबस्थामा ढकलिएको छ,चोर फताह, कृपाबाद, भ्रस्तचारीको बीगबिगि छ,राज्य बेबस्था सुशासन अहिले आएर ईतिहासमै खतम ठहरिएको छ। यही हो त मेरो देश, दिनप्रती दिन युवा र दछ्य जनसक्ती बिदेश पलायन हुँदै छन, देशप्रती युवा बर्गमा एक किसिमिको घ्रीणा बढेको छ यो एउटा ठुलो दुर्भाग्य हो यो देशको, एसै गरी दिनप्रती दिन युवा सक्ती बिदेश पलायन हुने हो भने देश एउटा भडखालोमा फस्ने निचित नै छ,
अर्को पाटो, अबेबस्थित शहरीकरन र् गाउ देखी शहर बसाइसराई को कुनै रोकठाम र लेखा जोखा छैन,नेपाली जनताहरु भौतिक सुखसुबिधा र प्रतिउत्पादक कुरातिर बढी लालयित देखिनछन,देश रिमितेन्सको भरमा अर्थ बेबस्था चलाएको देखिन्छ,उतपादनशिल निर्यात सुन्य छ, आयत र निर्यातमा आकाश जमिनको अबस्था छ,साधारण दैनिक बस्तुहरुमा छुनै नसकिने मुल्य ब्रिदीले साधारण जनमानसमा दैनिक हातमुख जोर्न धौ पर्दै गएको छ, देशमा गरीबी र धनीहरुको दुरी झन बढेको छ, वास्तवमा कती सम्म दुरी सम्म जनताले सास्ती खेप्ने यो हेर्न बाँकी नै छ, के हो त देश असफल तिर लम्किनु को कारण गहिरो अध्यन र समाधानको उपाएहरु निर्लोक निकाल्नु गहन जिम्मेबारी अहिले को सपूर्ण नेता बुद्दीजिबीको काधमा थपिएको छ,
हुनत यो देशको नेताहरु राज्य संचालक देखी जनता पाखन्डी जोगी, बाबाहरुको आशिसबाद र भाग्यमा भरोसा गर्ने हुँदा यो देशको दुर्गती भएको हो, अहिले भर्खरै को जोलन्त उदाहरण हेर्नुस् रामदेब आउदा त्यो टुडीखेल नै भरिभराउ, त्यसमा हाम्रा नेताहरु देखी लिएर ठुला ठुला भनिन्दा हरुको उपस्थितीले यो देशको राजनीति र भबिस्य छर्लङ देखाउछ, यो कहिले सम्म यस्तै खाले पाखण्डी सोच र बिचार नेपालीमा, हेर्नुस् बिदेशी कहाँ बाट कहाँ पुगे नेताहरु रातदिन बिदेश भरमण जान्छन, बिदेशको त्यो बिकास देखेर त केही सिक्नु पर्ने हो तर खै त लाजै नमानी आफ्नो पद र शक्तीको दुरुपयोग गर्दै देशलाई कङ्गाल बनाउदै छन, जब सम्म यो देश को जनता देखी नेताहरु यो पाल्खाण्डी बाबा र जोगिको भरोसामा बसछन देशमा केही हुनेवाला छैन,
अर्को खण्ड, देशमा गनतन्त्र आयो भन्छन, पहिला राजा लाई दोश दिन्थिए अहिले राजा छैनन, गिरिजालाई दोश दिन्थिए ति पनि मरेर गय अब के त कस्लाई दिने यो देश बिग्र्यो भनेर दोस, अबको दोश जनतालाई दिने बेला भयो, जुन देशका जनतानै रस्त्रियता भन्ने भावना छैन भने कसरी देश बन्छ यो एउटा रहसयमय हुँदैछ छ,हामी किन आज यती धेरै बिदेशी मोह के हामी आफ्नै देशमा केही गर्न नसक्ने हौ अथवा भौतिक सुखबादी अर्को खरहो प्रश्न तपाईंहरुलाई सोधछु म, हुनत नेपाली यती धेरै प्रक्रिती र सुनदरताको धनी छन आफ्नै देशको स्रोत र साधनले आफ्नो भबिस्य सम्पन्न बनाउन सक्छन सुख र सम्रिदी बनाउन सक्छन तर किन त अझै यो मोह बिदेश प्रती, प्रतेक दिन बिदेसिने युवाको घुइचो लाग्दै छ, बिदेसिने युवा जनसक्ती रोकन सरकार बाट बिभिन्न रोजगारी मुलक सिप र कार्यक्रमको थालनी गर्नु आबस्यक देखिन्छ,छरियका सिप र पुजिलाई सस्थगत गर्दै सरकारी निकायले यसमा लगानी गर्नु जरुरी देखिन्छ।
जे जती गन्ठन गरे पनि राज्य बेबस्था चुस्त र स्फुर्त हुन जरुरी छ सारा समस्याल निराकरन गर्नुको लागि, जब सम्म नेता हरुको राजनीतिमा पारदर्शिताको प्रदर्शन हुँदैन,छलकपटमा राज्य निती हुन्छ भने केही हुनेवाल छैन
Comments