Posts

Showing posts from October, 2015

जय नेपाली फूटबल

नेपाली फूटबल र नेपाली फूटबल को दिगो बिकास प्रति सकारात्मक सोच राख्ने सम्पूर्ण फूटबल प्रेमी नेपालीहरुको एउटा कालो दिन हुन पुग्यो हिजो जब हाम्रो देशका रास्ट्रीय फूटबल खेलाडीहरु खेल सत्ताबाजी गरेको समाचार सनसनी रुपमा सम्पूर्ण नेपाली पत्र पत्रिकामा हेदलाइन बनेर आयो, धेरैलाई विश्वास लागेन यस्तो पनि हुन्छ र भनेर, सोझा नेपालीहरुले सोच्ने पनि कसरि?? देशका गहना, देशको शान देशको सम्पति ठानिएका देशको इज्जत नै भनिएका हाम्रा खेलाडी बाट त्यो गल्ति भयो, यो अन्जान गल्ति होइन यो आर्थिक प्रलोभनमा फसिएका हाम्रो खेलाडीहरु र समाजको डरलाग्दो चरित्र हो, कसलाई दोष लगाउने यो गम्भीर कुरा हो, भोलि को कर्णधार हाम्रा युवालाइ कुन बाटो देखाउने अर्को गम्भीर प्रस्न हो यो , पक्कै पनि खेल सत्ताबाजी गरेर देशलाइ धोका दिनु एउटा देशद्रोही हुन आउछ, असल र देशभक्ति खेलाडीको मन बितृष्णा घृणाको कालो बादलले छोपिदिन्छ, जुन गल्ति हाम्रा खेलाडी बाट भयो यो चाहे जानाजान होस् अथवा अन्जान होस् चाये यो हाम्रो देशको खेलाडीको आर्थिक अवस्थामा फाइदा उठाउने उपिया स्यालहरु हुन् अथवा देशको जिम्मेवार फूटबल सस्थाको कम्जोर बेबस्थापनलाइ ध...