विस्फोटक ज्वालामुखीमाथि दुइटा नेपाल
वैशाख २४ गते राजधानीमा दुई पृथक् नेपाल देखिए । एउटा नेपाल वसन्तपुर डबलीमा, अर्को नेपाल सडकैभरि । वसन्तपुरको नेपाल बडो उत्सवी मुद्रामा थियो, सडकको नेपालले छातीमुनि भक्भकी उम्लिरहेको ज्वालामुखीको लाभा बोकेको थियो । वसन्तपुरको नेपाल सुकिलो, समृद्ध र हंसमुख थियो, सडकको नेपाल मैलो, अभागवग्रस्त र क्रुद्ध थियो । वसन्तपुरको नेपालले देशमा एउटै मात्र समस्या भएको उद्घोष गर्यो । त्यो हो, बन्द र हडताल । सडकको नेपालले देश राजनीतिक, आर्थिक र सामाजिक समस्याले आक्रान्त भएको उद्घोष गर्यो र समस्याको गाँठो फुकाउन शान्ति र संविधानको टुंगो लगाऊ भनी राजनीतिक अभिकर्ताहरूलाई गगनभेदी गर्जनका साथ पुकारा गर्यो । वसन्तपुरको नेपालमा हास्यरसको प्रधानता थियो, सडकको नेपालमा वीररस र रौद्ररस प्रवाहित भएको थियो । मगनमस्त वसन्तपुरको शान्तिमेलामा भद्रभलादमीहरू को-को होलान् भनी जान्न मलाई खसखस लाग्यो । र, काँचको पर्दाको छेवैमा उभिएर मैले गौड गरी नियालेँ । त्यहाँ शेरबहादुर देउवाका काँधमा बन्दुक राखेर शान्तिको सुतीखेती गर्न फौजी संकटकाल लागू गरिँदा र तानाशाह ज्ञानेन्द्रले संकटकाललाई झनै कठोर बनाउँदा हषर्ातिरेकले उत्सवी दीप...