Posts

Showing posts from 2015

सुन्दर शान्त रारा ताल

Image
सबै भन्दा राम्रो यो हाम्रो रारा ताल ( The beauty of Rara always wake up me with rays of sun in every morning dawn)  सबै भन्दा राम्रो यो हाम्रो रारा ताल  शिरैमा त्यो टलक्क टल्कने हिमाल  काखैमा त्यो सुन्दर हरियो बन  ओरीपरि डाडै डाडा  त्येही मुनि गाउ घर्  बिहानीको मिर्मिरे सँगै चिर्बिर चिर्बिर गर्ने रङीन चराहरुको त्यो मधुर आवाज सुन्दर शान्ता यो हाम्रो रारा ताल सय थरी सुनगावा अनी बाटो भरी रङीन गुरास उकालो ओरालो कहिले तेर्सो हिंडेर सुनसान भित्र गाउने कोइली चरी अनी नेउली चरिको त्यो गीत सगै  पुगेउ हामी सुन्दर शान्ता रारा ताल साची नै सुन्दर रहेछौ तिमी ए रारा ताल स्वर्ग्को एक तुक्रा नै होकी झरेको  किन तिमी एक्लै यसरी एकान्तमा लुकेको  नाम तिम्रो उहिले हो सुनेको  दैब सन्जोग अहिले हो तिम्रो दर्शन पाएको  मोहनी लगायो यो तिम्रो रुपैले  कसम छ मेरो  सधैं तिमीलाई हेरी जुगै बिताइदेउकी सुन्दर्ताको खानी हौउ तिमी  रारा कहिले नघटनु  कहिले नपोखिनु सधैंभरी यौवनमा रहेर मुसुकुराई हासिदिनु आउनेछु...

जय नेपाली फूटबल

नेपाली फूटबल र नेपाली फूटबल को दिगो बिकास प्रति सकारात्मक सोच राख्ने सम्पूर्ण फूटबल प्रेमी नेपालीहरुको एउटा कालो दिन हुन पुग्यो हिजो जब हाम्रो देशका रास्ट्रीय फूटबल खेलाडीहरु खेल सत्ताबाजी गरेको समाचार सनसनी रुपमा सम्पूर्ण नेपाली पत्र पत्रिकामा हेदलाइन बनेर आयो, धेरैलाई विश्वास लागेन यस्तो पनि हुन्छ र भनेर, सोझा नेपालीहरुले सोच्ने पनि कसरि?? देशका गहना, देशको शान देशको सम्पति ठानिएका देशको इज्जत नै भनिएका हाम्रा खेलाडी बाट त्यो गल्ति भयो, यो अन्जान गल्ति होइन यो आर्थिक प्रलोभनमा फसिएका हाम्रो खेलाडीहरु र समाजको डरलाग्दो चरित्र हो, कसलाई दोष लगाउने यो गम्भीर कुरा हो, भोलि को कर्णधार हाम्रा युवालाइ कुन बाटो देखाउने अर्को गम्भीर प्रस्न हो यो , पक्कै पनि खेल सत्ताबाजी गरेर देशलाइ धोका दिनु एउटा देशद्रोही हुन आउछ, असल र देशभक्ति खेलाडीको मन बितृष्णा घृणाको कालो बादलले छोपिदिन्छ, जुन गल्ति हाम्रा खेलाडी बाट भयो यो चाहे जानाजान होस् अथवा अन्जान होस् चाये यो हाम्रो देशको खेलाडीको आर्थिक अवस्थामा फाइदा उठाउने उपिया स्यालहरु हुन् अथवा देशको जिम्मेवार फूटबल सस्थाको कम्जोर बेबस्थापनलाइ ध...