जय नेपाली फूटबल
नेपाली फूटबल र नेपाली फूटबल को दिगो बिकास प्रति सकारात्मक सोच राख्ने सम्पूर्ण फूटबल प्रेमी नेपालीहरुको एउटा कालो दिन हुन पुग्यो हिजो जब हाम्रो देशका रास्ट्रीय फूटबल खेलाडीहरु खेल सत्ताबाजी गरेको समाचार सनसनी रुपमा सम्पूर्ण नेपाली पत्र पत्रिकामा हेदलाइन बनेर आयो, धेरैलाई विश्वास लागेन यस्तो पनि हुन्छ र भनेर, सोझा नेपालीहरुले सोच्ने पनि कसरि?? देशका गहना, देशको शान देशको सम्पति ठानिएका देशको इज्जत नै भनिएका हाम्रा खेलाडी बाट त्यो गल्ति भयो, यो अन्जान गल्ति होइन यो आर्थिक प्रलोभनमा फसिएका हाम्रो खेलाडीहरु र समाजको डरलाग्दो चरित्र हो, कसलाई दोष लगाउने यो गम्भीर कुरा हो, भोलि को कर्णधार हाम्रा युवालाइ कुन बाटो देखाउने अर्को गम्भीर प्रस्न हो यो , पक्कै पनि खेल सत्ताबाजी गरेर देशलाइ धोका दिनु एउटा देशद्रोही हुन आउछ, असल र देशभक्ति खेलाडीको मन बितृष्णा घृणाको कालो बादलले छोपिदिन्छ, जुन गल्ति हाम्रा खेलाडी बाट भयो यो चाहे जानाजान होस् अथवा अन्जान होस् चाये यो हाम्रो देशको खेलाडीको आर्थिक अवस्थामा फाइदा उठाउने उपिया स्यालहरु हुन् अथवा देशको जिम्मेवार फूटबल सस्थाको कम्जोर बेबस्थापनलाइ धज्जी उदाउने बिदेशी दलालको चलखेल होस् यो नेपाल र नेपाली लै अस्वीकार्य छ, भोलिको दिनहरुमा यो गल्ति हाम्रा खेलाडी र सम्बधित संघ सस्था बाट नहोस यो कुरा को बृहत अध्यन हुनु जरुरि छ जति सक्दो छिटो,
पक्कै पनि नेपाली फूटबल खेल बेब्सायिकरन हुदै छ आंसिक रुपमा भए नि. खेलेर खाने जिउने गोरेटो बन्दै छ, खेलाडी देशका सम्पति पर्तिस्ठा हुन् रोल मोडेल हो समाज र नया पुस्ताको लागि, यो कुरा को हेक्का सम्पूर्ण खेलाडी ले मनन गर्नु पर्छ, थोरै आर्थिक पर्लोभनमा परेर देशलाइ गद्दार गर्नु एउटा माहा पाप हो,
जुन घटना हिजो भयो भोलि हुन सक्छ यो कुराको मूल जड पत्तो लगाएर समाधान तल्लो तह बाट नै गर्नु जरुरि छ, सस्थागत रुपमा पनि नि उतिकै बलियो हुनु आबस्यक छ चाहे त्यो आर्थिक होस् चाहे त्यो खेलाड़ीहरुलाई आधारभूत ज्ञान र पाठ को कुरा होस्,सरकार देशले पनि उतिकै महत्तोका साथ् यो घटना को बृहत अध्यन गरि समस्याको समाधान गर्न सक्नु पर्छ, यो कुरालाइ हलुका रुपमा लिएर फितलो छानबिन अध्यन अनि फितलो उत्तर दिएर सम्बन्धित संग सस्था उम्कन खोज्नु बेइमानी हुनेछ, रस्ताघात हुने छ फेरी अर्को दुर्घटना हुने छ, सम्पूर्ण फूटबल प्रेमी अनि खेलाडीहरुमा हिनता रिस निरासताको कालो बादल मडारिने छ नेपाली फूटबलमा
अर्को कुरा मेरो बेक्तिगत बिचारमा सम्पूर्ण खेलाडीहरु लाइ र सम्बन्धित संघ सस्थालाइ फिफाको नियम कानुन सजाय दण्ड पुरुस्कार को गहिरो अध्यन र पाठ दिनु जरुरि छ , जब फूटबलको अन्तररास्ट्रीय नियम कानुनको बर्खिलाप गरेर खेलाडी बनेर खेल खेलिन्छ, खेल हुन्छ अथवा खेल खेलाइञ्छ भने एस्तो घटना फेरी दोहोरिन्छ बारम्बार, देशले फेरी अर्को लाजमर्दो अवस्था भोग्नु पर्छ
उचित संयन्त्रको संरचना गरि आबस्यक मापदण्ड तयार पारि, नैतिक आचारण बिकाश , बेक्तिगत आचरणको सुधार बिकाश , बेबसायीककरण को बिकाश सबै सम्बधित निकाए बेक्तीहरु अनि खेलाडीहरुमा हुनु पर्दछ, हुनत कति समाचार आउने गर्छन कतिपय हाम्रा पूर्व खेलाडीहरु दुइ छाक तार्न धौ धौ परेको दुखद समाचारहरु छापिएको, यो एउटा सम्बंदित सस्था अनि सरकार को नालाएक पनको एउटा गैर जिम्मेवार पाटो हो, तर पनि सम्पूर्ण खेलाडी साथिहरु जो देश समाज को रोल मोडेल भनेर प्रतिनिधित्यो गरेर खेल्नु हुन्छ भने नैतिकताको तल्लो मान्यतालाइ कायम राखी बेक्तिगत आचरणको ख्याल राख्नु खेलाडी साथीहरुको नैतिक जेम्मेवारी पनि हो,
फेरी यस्तो डरलाग्दो घृणित कार्यमा हाम्रो खेलाडीहरु नफसुन कहिले प्रलोभनमा नपरुन, ,सधै मन चित भएर देश को गहना बनुन त्यो नै खेलाडी को धर्म हो
जय नेपाली फूटबल
Comments