सुन्दर शान्त रारा ताल
सबै भन्दा राम्रो यो हाम्रो रारा ताल
( The beauty of Rara always wake up me with rays of sun in every morning dawn)सबै भन्दा राम्रो यो हाम्रो रारा ताल
शिरैमा त्यो टलक्क टल्कने हिमाल
काखैमा त्यो सुन्दर हरियो बन
ओरीपरि डाडै डाडा
त्येही मुनि गाउ घर्
बिहानीको मिर्मिरे सँगै
चिर्बिर चिर्बिर गर्ने रङीन चराहरुको
त्यो मधुर आवाज
सुन्दर शान्ता यो हाम्रो रारा ताल
सय थरी सुनगावा
अनी बाटो भरी रङीन गुरास
उकालो ओरालो कहिले तेर्सो हिंडेर
सुनसान भित्र गाउने कोइली चरी
अनी नेउली चरिको त्यो गीत सगै
पुगेउ हामी
सुन्दर शान्ता रारा ताल
साची नै सुन्दर रहेछौ तिमी
ए रारा ताल स्वर्ग्को
एक तुक्रा नै होकी झरेको
किन तिमी एक्लै यसरी एकान्तमा लुकेको
नाम तिम्रो उहिले हो सुनेको
दैब सन्जोग
अहिले हो तिम्रो दर्शन पाएको
मोहनी लगायो यो तिम्रो रुपैले
कसम छ मेरो
सधैं तिमीलाई हेरी जुगै बिताइदेउकी
सुन्दर्ताको खानी हौउ तिमी
रारा कहिले नघटनु
कहिले नपोखिनु
सधैंभरी यौवनमा रहेर मुसुकुराई हासिदिनु
आउनेछु है म फेरी फर्केर
तिमी सँग फेरी भेट्ने बाचा लिएर
जान्छु अब बिदा देउ है ए रारा
(based on memories of Rara lake in Nepal)
Comments