राजनीती र जीबन दर्शन
राज्य सरकार चलाऊनको निम्ती राजनीति के हो भन्ने कुराको ज्ञान हुन सम्पूर्ण राजनेताहरुमा अती आबस्यक रहेको मानिन्छ,यदी तिमी राजनिती गर्न चाहन्छौ भने यस्को अध्ययन बिना पाइला सार्न खोज्ने सबै असफल राज्नेता हुनेछन। राज्य सन्चालन देखी लिएर देशबिकासको न्युनतम मान्ययतालाई आधार बनाउन एउटा राज नेता देखी साधारण जनतालाई राजनीती के हो,यस्ले कहाँ कहाँ असर गर्दछ,यस्को रिक्ततामा के कस्तो प्रभाब पार्छ भन्ने कुरा बुझ्नु अनी अनिबार्य छ। दैनिक जीबन देखी लिएर देश बनाउने कुरामा राजनीतिले ठुलो प्रभाब पारेको हुन्छ मान्छेको जीवनमा,एउटा गलत राजनीतिले देशको सम्पूर्ण शासन बेवस्था नै डामडोल हुन्छ, बाहिरी शक्ती हरु खेल्ने मौका पाउछन, आपसमा जनता बिच मनमुताब र बैमन्स्ययताको ठुलो खाडल बन्दै जान्छ, देशको आर्थिक बिकास चौपट हुन्छ, भ्रस्तचार र नाताबाद कृपाबाद्को खेती धेरै मौलाउने प्रसस्त मौका प्राप्ती हुन्छ, जनता कमजोर भये पछी देश त्यसै कम्जोर बन्दै जान्छ,शान्तीसुरछा अमन चएनको अभाब भाईरहन्छ, देशमा एउटा भड्रगोलको अवस्था भाई श्रीजना भई देश एउटा असफल राष्ट्र बन्न कुनै बेर लाग्दैन, आज अफ्रिकी केही मुलुक्मा ज्योलन्त उदाहरण हेर्न सकिन्छ जस्तै सुडान, देशलाई एउटा सुख सम्रिद्री र आर्थिक बिकासको दिशातिर उन्मुख गराउन राजनीतिले प्रमुख भूमिका खेलेको हुन्छ, आज जती पनि देश राष्ट्र असफल भएक छन ति सबै गलत राजनीतिको उपयोग र बिस्लसणले गर्दानै हो, तसर्थ एउटा राष्ट्रलाई गलत दिशा बाट बाचाउन राजनीतिको ठुलो भूमिका रहन्छ।
यही कुरालाई मद्यनजर गर्दै, नेपाली राजनीतिमा जुन किसिम्को बित्रिस्णा बधेको छ त्यो राजनीति को गलत प्रयोगले गर्दा यो अवस्थामा आएको छ देश, राजनीतिको पुरा ज्ञान र उपयोग गर्नलाई शिक्षाको उतिकै महतपूर्ण योग्दान रहन्छ, नेपालको ईतिहास केलाउने हो भने प्रीथिवी नारायण शाह देखी अहिलेको यो राजनीति डामडोल अवस्थामा नै देखिन्छ, कहिले सुचारु तरिकाले देश चलेको पाइदैन, जहिले पनि झगडा, काटमार, छलछाम आरोप प्रत्याआरोपको खेल खेलिएको छ, यी सबै कारण कुसल राजनेता र उचित राजनतिको अभाब हो। देशमा सधैं सता हरप्ने र छल्छामको राजनीतिले गर्द आज सम्म देश् ले यो अवस्थाबाट गुज्रिनु परेको छ। वास्तवमा भन्नु राष्ट्रलाई एउत कुसल राज् नेताको अतिनै खाचो परेको छ,सधैंको यो खुट्टा तनाइ र छल्छामको राजनीति कती सम्म चल्ने हो त्यो हेर्न बाँकी छ। त्यसकारण, कुनै देशको राज्य ब्बस्था चलाउन, सफल राजनिती को ज्ञान र प्रयोग हुनु अती आबस्यक छ,राजनिती को ज्ञान साधारण जनतादेखी राजनेता सम्म पूर्ण रुपमा जानकारी रहनु आबस्यक देखिन्छ
Comments